Home खेलकुद

खेलकुद

२९ कात्तिक, काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्‍यो । घरेलु मैदानमा पोर्चुगलले रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । सर्बियाका लागि ३३ औं मिनेटमा डुसान टाडिकले...
३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल...
२०७६ को मंसिरमा नेपालले फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्दै थियो। खेल घरेलु मैदानमा हुने तय भए पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको दशरथ रंगशाला पूर्णरूपमा पुन:निर्माण भइसकेको थिएन। जसका कारण नेपालको ‘होम म्याच’ भुटानमा हुने भएको थियो।  भुटान जानुअघि राष्ट्रिय टिममा हलचल मच्चियो। चार खेलाडी राष्ट्रिय टिमबाट हटाइए।  नियमविपरित एन्फा होस्टलबाट 'नाइट क्लब'मा गएको भन्दै फरवार्ड...
काठमाडौं । साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे । यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे । यस जितपछि समूह ‘डी’ मा...