०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिवादमा उत्रिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालले सडक जानु अगाडि नै नेपाली कांग्रेसतिर सहकार्यको हात अघि बढाएका थिए । ५ पुसमै कांग्रेस नेताहरूलाई भेटेर छलफल गरेका दुई नेता ६ गते कांग्रेस पार्टी कार्यालय, सानेपामा बसेको सर्बदलीय बैठकमा ओलीलाई साथ दिने नेकपाको एउटा खेमाबाहेक सबै दलबीच मोर्चाबन्दी गरेर...
चामल धोएको पानी हामी त्यसै नै खेर फाल्ने गर्दछौं तर चौलानी पानीमा हाम्रो शरिरको लागी लाभदायक गुणहरु हुँने गर्दछ । उक्त पानीमा भिटामिन, प्रोटिन आदि अतिआवश्यक गुणहरु हुँन्छन् ।
चौलानी पानी अनुहारलाई सधै चम्कीलो तथा जवान देखिनको निम्ती हामी प्रयोग गर्न सक्छौ । बजारी रसायन मिश्रित महंगा सौदर्यताको सामाग्री प्रयोग गर्नु भन्दा घरमै चामल धोएको पानी प्रयोगमा ल्याउन लाभदायक हुँदछ...
५ मंसिर, काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ । ‘यकिन...
३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज...
२८ कात्तिक, काठमाडौं। प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् ।
नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।
पक्राउ...
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् ।
आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले...
२८ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका...






