Latest Posts

१८९५ मत गणना हुँदा विश्वप्रकाश शर्माले पुर्याए ८२७ मत, अरु कसको कति ?

नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

१८९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १२९४ मत पाएका छन् । विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । प्रकाशशरण महतले ६२०, प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत पाएका छन् ।

महामन्त्रीका अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका राजाराम कार्की भने ५८ मतसहित सबैभन्दा पुछारमा छन् त्यस्तै सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणनाकाँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img